दफा ११
कर्मचारी सम्बन्धी व्यवस्था
: (१) प्रतिष्ठानको काम सुचारु रुपले सञ्चालन गर्नको लागि समितिले आवश्यकतानुसार सल्लाहकार, विशेषज्ञ, प्रशिक्षक, अधिकृत र सहायक कर्मचारीहरु नियुक्त गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम नियुक्त सल्लाहकार, विशेषज्ञ, प्रशिक्षक, अधिकृत र सहायक कर्मचारीहरुको पारिश्रमिक, सुविधा तथा सेवाका अन्य शर्तहरु तोकिए बमोजिम हुनेछ ।